आज:  | Mon, 21, Apr, 2025

मृग भनेर हानेको भरुवा बन्दुकको गोली लागेर संगै गएका साथीको मृत्यु

२३ कार्तिक २०८१, शुक्रबार ११:०३ मा प्रकाशित ( ५ महिना अघि) १४०३ पटक पढिएको
नारी बाटिका


खोटाङ २३ कात्तिक।

खोटाङमा आफ्नै साथीले मृग भनेर हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको साथीले हानेको गोली लागेर मृत्यु भएको हो ।

फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले मृगको सिकार गर्दा प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको थियो ।

गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको प्रहरी समक्ष चेतनले स्वीकार गरेका हुन् । “रातको समयमा दुई जना मिलेर सिकार गर्न गएका थिए । रातकै समयमा चरणमा आउने मृग भनेर चेतनले गोली चलाएका थिए । तर, आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु थियो ।

“गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चेतनले मृग भनेर गोली हानेको तर,आफ्नै साथीलाई अनजानमा लगेर मृत्यु भएको प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।”

सोही रात फेदीको पिपिङ स्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुने पछि हेर्न जाँदा जगतप्रसादको छाती बाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका थिए । घटना लगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई स्थानीयले फोन सम्पर्क गरेर घरमा बोलाए पछि प्रहरीको जिम्मा लगाइएका थिए ।

साथै उक्त जिल्लाका स्थानीयले मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिज लगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्री समेत गर्ने गरेको खुल्न आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस