आज:  | Mon, 21, Apr, 2025

अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा २ जना बेपत्ता

१९ कार्तिक २०८१, सोमबार ०५:५८ मा प्रकाशित ( ५ महिना अघि) २६६५ पटक पढिएको
नारी बाटिका


अर्घाखाँची- १९ कार्तिक ।

आइतबार अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्क तर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन्।

दुर्घटना भएको कार सडकबाट करिब आठ सय मिटर तल खसेको अवस्थामा भेटिए पनि सो कारमा सवार दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रहरीका अनुसार कारमा सवार चालक र सहचालक भेटिएका छैनन्। कार पूर्ण रुपमा क्षतविक्षत भएको छप्रहरीले खोजीकार्य जारी राखेको छ। दुर्घटनास्थल निकै अप्ठेरो रहेकाले उद्वार र खोजी कार्य गर्न असहज भइरहेको प्रहरीको भनाइ छ।

अचम्म लाग्दो कुरा त के छ भने सडकदेखी ८ सयमिटर तल खसेर कार दुर्घटना हुंदा सो कारमा सवार चालक तथा अन्य व्यक्ती नमेटिनुले प्रहरी यसको खोजीका कार्यमा लागेको छ । साथै सो घटना सम्वन्धमा थप अनुसन्धान भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस