आज:  | Fri, 01, Nov, 2024

टिपर दुर्घटनामा परी दुई जनाको ज्यान गयो

१५ कार्तिक २०८१, बिहीबार ११:५९ मा प्रकाशित ( २२ घण्टा अघि) ४३ पाठक संख्या
नारी बाटिका


सङ्खुवासभा १५ कार्तिक ।

सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको ज्यान गुमाएका छन्।

हिजो एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ मकालु–५ फ्याक्सिन्दा दोभानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनु भयो।

सो दुर्घटनामा परी मृत्यु हुनेमा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको प्रहरीले बताएको छ।

साथै सोही दुर्घटनामा अन्य दुईजना पनि घाइते भएका छन्। उनीहरु पनि भारतीय नागरिक नै हुन्। घाईतेहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस