बिबियु
धादिङ १५ कार्तिक ।
यसपालीको तिहारमा कुकुर तिहारकै दिन बेलुका औँसी पर्ने तर, भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले कुकुर तिहारै साँझ लक्ष्मीपूजा गर्नुपर्ने भएको छ ।
विशेषगरी लक्ष्मीपूजा रातमा गरिने भएकाले अघिल्लै दिन कुकुर तिहारै दिन उपयुक्त भएको बताइएको छ । यो वर्ष लक्ष्मी पूजासहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको थियो ।
खासगरी कुकुर तिहारकै दिन लक्ष्मीपूजा कसरी पर्यो ? तर भोलिपल्ट एक दिन भने खाली दिन कसरी रह्यो भन्ने बारेमा यतिबेला धेरै चासो छ । विगत केही वर्षहरूमा दशैं र तिहारका बेलामा दुई तिथि एकैदिन पर्ने वा एउटै तिथि दुई दिन पर्ने अवस्थाप्रति धेरैले प्रश्न उठाउनुका साथै अचम्ममा परेका छन् ।
यसपटक आज बिहीबारका दिन एकै चोटी कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । तर भोलि शुक्रबार एकदिन भने कुनै तिहार परेको छैन पुरै दिन खालि छ। शनिबार गोवर्द्धन पूजा र आइतबार भाइटीकाको साईत परेको छ । यसरी एकदिनमा एक पर्व नपरेर कुनै दिन दुई पर्यो पर्व एकैदिन र कुनै दिन खाली रहेपछि जनमानसमा अन्योल सिर्जना भएको देखिन्छ ।
अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्यो ।संस्कृति मन्त्रालय अन्तर्गत पर्ने उक्त समितिको निर्णय चाडपर्वसँग सम्बन्धित विषयमा त्यसलाई आधिकारिक मानिन्छ । समितिले यसपालि कुकुरतिहार नरकचतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा बिहीबार एकैदिन पर्ने जनाएको छ ।
यो निर्णयसँगै लक्ष्मीपूजा ‘औँसीका दिनमा नभई चतुर्दशीकै दिनमा परेको’ भन्दै कतिपयले त्यसबारे चासो राखेको पाइएको छ ।कुकुर तिहारकै दिन लक्ष्मीपूजा परेको भने यो पहिलो पटक होइन । अघिल्ला वर्षहरूमा पनि दुई तिथि एकैदिन हुने गर्थ्यो । तर खासगरी रातको समयमा टीका लगाउने परम्परा भएका समुदायका लागि उपयुक्त नहुने गरी साँझमै द्वितीया तिथि सकिने दिनमा भाइटीका तोकिएको भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।
चलनचल्तीको पात्रो, धार्मिक र परम्परागत मान्यता र व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर मुहूर्तहरू सार्वजनिक गरिएको बताएका छन् । यसअघि २०७७ मा चार दिन मात्रै तिहार थियो । त्यो बेलामा यम पञ्चक पाँच दिन हुनुपर्नेमा छोटो भएको भन्दै विवादीत बनेको हो। खण्डग्रास सूर्यग्रहण भएको बेला तिहार परेको दुई वर्षअघि पनि यस्तै खालको विवाद आएको थियो । त्यसबेला केही मानिसहरूले समितिले तोकेकोभन्दा एक दिनअगाडि नै भाइटीका मनाएका थिए । यसपालि दशैंमा महाष्टमी र महानवमीबारे विवाद देखिएको थियो ।
आज लक्ष्मी पूजा, ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । नेपालीले मनाउने आजको दिनको विशिष्टता भनेको हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो नेपथ्यको रङ्ग को पुरै ओभानो नभइसकेको आँगनदेखी मुल घरको पुजा कोठासम्म लिमिन्छ । घर,आँगललाई उज्यालो बनाउनका लागी शुद्ध कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्राले बनाईएका टेकोहरू, हुन्छन् ।
यसैगरी घरको आँगनमा मिठो तथा स्वादिलो वासना आउने सेल रोटी, अर्सा अनि अनर्साको परिकारहरु बनाईन्छ । तिहारमा साना साना बच्चाहरुले पड्काउने पटकाहरु पड्किरहेकाले झन् रमाईलो आभाष हुन्छ भने पटकाको ज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरी मनाइँदैछ । यसै कारणले पनि घर,आँगन चोक चोकमा सफासुग्घर गरिएको हन्छ । साथै घरको पुजाकोठामा गाईको शुद्ध गोबरले लिपपोत गरिएको हन्छ । यदी गाईको गोबरले लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा पनि आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
प्रतिक्रिया दिनुहोस