बिबियु
धादिङ -१४ कार्तिक ।
आज काग तिहार हो । कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचकस्।।
अर्थ : भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् ।
नेपालीले हर्षउल्लासका साथ पाँच दिनसम्म मनाइने तिहारको आज पहिलो दिन हो । कागलाई सन्देश प्रवाही गर्ने प्राणी, काग करायो भनेँ केही सन्देश ल्यायो,अथवा घरको धुरी काग आएर करायो भने केही अशुभ समचार पो ल्यायो कि भनेर शुभ फल दे….. शुभ फल दे..भन्ने गरिन्छ । या त्यस घरमा पाहुना आउने जनाउका रूपमा पनि नेपाली समाजमा लिने चलन अझै छ, ।
कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने कामको जिम्मेवारी भने कागले गर्ने मान्यता रहेको छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने काम कागले नै गर्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविस्वास रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गर्ने गरिन्छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ ।
यमदिप आज दान धर्म समेत गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वाससमेत रहेको छ । साथै आज दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।
साथै आज धन्वन्तरि जयन्ती पनि एकैसाथ मनाईँदै छ । धन्वन्तरि भनेको वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ।
सत्तेयुगमा देवताहरूको चिकित्सक तथा आयुर्वेदका भगवान् धन्वन्तरिको आज जन्म दिन हो। उहाँकै सम्झनामा हामी आज आयुर्वेदिक औषधीहरूको बारेमा महत्वपुर्ण मानिने उपचार विधी अथवा प्राकृतिक उपचार गर्दै आएका पनि छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धन्वन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।
सत्तेयुगमा भगवान विष्णुले समुन्द्र मन्थन र भगवान् धन्वन्तरि आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरि अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक मान्यता छ। आयुर्वेद ूआयु र वेदूगरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ुआयुको ज्ञानु भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।
प्रतिक्रिया दिनुहोस