आज:  | Thu, 02, Jan, 2025

लडाकू शिविर घोटालाको आरोपमा प्रचण्डसहित १३जनामाथि अख्तियारमा उजुरी

१३ कार्तिक २०८१, मंगलवार १४:५० मा प्रकाशित ( २ महिना अघि) १०५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ कार्तिक ।

माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा घोटाला भएको बारे पर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित १३ जनाविरुद्ध छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी दिएका हुन्।

आज परेको उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्ड स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ।

साथै सोही समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६ सय सेना प्रमाणिकरण गरेको थियो। पौडेलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्व खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन्।

राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ। निवेदन आयोगले दर्ता गरिसकेको छ।

उजुरीको विस्तृत हेर्नु होस्

Ujuri

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस