आज:  | Sun, 22, Dec, 2024

सुन्दै अचम्म लाग्दो?अदालतमा ३३ लाखको हार हराउँदा वकिलको खल्तीमा भेटियो ?

११ कार्तिक २०८१, आईतवार १३:१६ मा प्रकाशित ( १ महिना अघि) ३१७ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ कार्तिक ।

जो कोहीलाई पनि सुन्दै अचम्म लाग्दो ? अदालतमा ३३ लाखको हार हराएर खोजी गर्दा वकिलको खल्तिमा भेटिएको छ । अन्याय परेका पीडितले न्याय पाउने आशामा उाउने न्यायको मन्दिर मानिएको अदालतभित्रै एक महिलाको ३३ लाख बरबरको हार हराएको थियो । यसरी ३३ लाख रुपैयाँ बराबरको हिराको हार आफ्नो खल्तीमा राखेका छन् । यो घटना काठमाडौं जिल्ला अदालत भित्रको हो ।

बिहीबार दिउँसो जिल्ला अदालत काठमाण्डौमा गएकी जमुना घलेको हिराको हार हराएको थियो । उनको हार हराएपछी प्रहरीले खोजी गर्ने क्रममा सिसि क्यामेराको सहयोगमा उक्त हारको खोजी गर्दा एक कानुन व्यवसायी (वकिल)को खल्तिमा राखिएको पत्ता लगाएको थियो ।

प्रहरीको अनुसन्धानमा सिसिक्यामेरामा एक कानुन व्यवसायीले हारलाई टिपेर खल्तीमा राखेको देखियो । बार एसोसियशनको सहयोगमा प्रहरीले उक्त कानुन व्यवसायीको पहिचान गरेको थियो । अन्ततः, ती कानुन व्यवसायीले हराएको हारलाई धनीलाई फिर्ता गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस