आज:  | Sun, 22, Dec, 2024

माओवादीको महावीर समूहभित्र चन्दा विषयमा विवाद हुँदा एक जनाको हत्या

१० कार्तिक २०८१, शनिबार ०४:१६ मा प्रकाशित ( १ महिना अघि) ६८० पटक पढिएको
नारी बाटिका


रुपन्देही १० कात्तिक ।।

कपिलवस्तुमा नेकपा माओवादीको महावीर समूहका नेताहरुबीच चन्दाका विषयमा विवाद हुँदा एक जनाको हत्या भएको खुलेको छ । प्रहरीले जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना नेताहरुलाई पक्राउ गरेको छ ।

उनीहरु नेकपा माओवादीबाट अलग भई महाविर समूहको जिल्ला नेतृत्वमा रहेको बताईएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा महावीर समूहको तर्फबाट इन्चार्ज भएको र पार्टीमा उनी परिवर्तन उपनामले चिनिन्छन् ।

यादवको हत्यामा संलग्न भएको भन्ने आरोपमा पक्राउ भएका ओखलढुंगाका रमेश श्रेष्ठ र कपिलवस्तु वाणगंगाका मनकला थारू रहेका छन् । उनीहरू दुबैलाई कपिलवस्तु प्रहरीको विशेष टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । साथै हत्या भएका यादवको शव असोज ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका–२ भैँसीघाट खोला किनारस्थित खाल्डोमा पुरेको अवस्थामा फेला परेको थियो ।

कपिलवस्तु प्रहरीले सो घटनाको अनुसन्धान गरी हत्यामा संलग्न श्रेष्ठ र थारूलाई पक्राउ गर्न सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले जानकारी दिनु भयो । यादवको हत्या आरोपमा पक्राउ परेका ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका९५ सेरनाका ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तुको वाणगंगा नगरपालिका(२, तिनैयाकी ४६ वर्षीया मनकला थारु सोही पार्टीको जिम्मेवारी नेता भएको बताईएको छ।

साथै श्रेष्ठ कपिलवस्तु कै उक्त समूहका जिल्ला सेक्रेटरी हुन् भने मनकला कपिलवस्तु महिला विभाग प्रमुख हुन्। थारूलाई पार्टीमा गीता उपनामले चिनिन्छ ।
मृतक यादव कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेको तर श्रेष्ठमाथि आरोप लगाउने गरेपछि उनको हत्या भएको खुलेको छ ।

पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस