आज:  | Mon, 21, Apr, 2025

रवी लामिछाने पक्राउ,,उनलाई सुक्रबार नै पोखरा लगियो

३ कार्तिक २०८१, शनिबार ०३:३० मा प्रकाशित ( ६ महिना अघि) २७२५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ कार्तिक ।

पुर्व गृह्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सक्रबार लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

सभापती लामिछानेले पक्राउ पर्नुअघि उनलाई आफु पक्राउ पर्दैछु भन्नेमा लगभग पक्कामक्की जस्तै थियो । सो उनले आफ्नो रास्वपा कार्यालय अगाडी रास्वपाका उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका थिए ।

राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका छन् । उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए ।

लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलिले पछ्याई सकेको थियो भने सोही समयमा छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रहरीले लामिछानेलाई सुक्रबार नै सडकको बाटो हुँदै पोखरा लैजाने बताएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस