आज:  | Fri, 18, Oct, 2024

मनहरिमा बस-ट्रक ठोक्किँदा ३० जना यात्रु घाइते,विभिन्न अस्पतालमा उपचार हुंदै

२९ आश्विन २०८१, मंगलवार ०५:१५ मा प्रकाशित ( ३ दिन अघि) ६७ पाठक संख्या
नारी बाटिका


चितवन-२९ असोज ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलको सडकमा मंगल।बार यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन्।
चितवनबाट हेटौँडातर्फ जाँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवन तर्फ आउँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाईते हुनेमा रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाकी ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका नेपाली, चितवनको राप्ती नगरपालिका–११ की १० वर्षीया मुना लोप्चन,मकवानपरको हेटौँडा उपमहानगरपालिका–४ की ४५ वर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका–११ की ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, रहेका छन् ।

यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का ट्रकचालक गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका–२ की ३१ वर्षीया नन्दकली थापा, निजकी छोरी ९ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास–५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय विमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले बताएको छ।

यस्तै पाल्पाको रामपुर नगरपालिका–९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजकी छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली, चितवन राप्ति नगरपालिका–११ की ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजकी छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका–९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ।

घाईतेहरुमा रौतहटको चन्द्रनियापुर नगरपालिका–४ की २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका–११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिकी–६ का १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका–५ का ३३ वर्षीय विनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय प्रभु सापकोटाको उपचार भइरहेको छ।

साथै दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका–७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँकी ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका–२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस