आज:  | Mon, 21, Apr, 2025

बोरामा एक किशोरीको शव, फेला, बलात्कारपछि हत्या गरेको आशंका

२६ आश्विन २०८१, शनिबार १३:०३ मा प्रकाशित ( ६ महिना अघि) ३२९४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ असोज ।

डडेल्धुरामा एक किशोरीको शव बारामा फेला परेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव बोरामा पोको पारी फालेको अवस्थामा फेला परेको हो । सोही ठाउँ बस्ने १४ वर्षीया आरती भट्टराईको शव प्लाष्टिकको बोरामा बेरेर फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीले जनाए अनुसार शुक्रबार राति अज्ञात व्यक्तिले प्लाष्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको जनाएको छ । मृतक किशोरीलाई बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयले बताएका थिए।

जिल्ला प्रहरी कार्यलय डडेल्धुराले अनुसन्धानका लागि एक जनालाई शंकास्पद हिसावले पक्राउ गरेको छ । मृतक किशोरीको प्रहरीले आज बिहान शव उठाएर पोष्टमर्टमका लागि डडेल्धुरा अस्पताल पठाएको जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस