आज:  | Thu, 02, Jan, 2025

बिपी राजमार्गमा पहिरोले गाडी पुर्‍यो, यात्रा नगर्न प्रहरीको अनुरोध

२५ आश्विन २०८१, शुक्रबार १४:२६ मा प्रकाशित ( २ महिना अघि) ९५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ असोज ।

बिपी राजमार्ग खुलेको दुई घन्टापछि पुन अवरुद्ध भएको छ। आज बिहानबाट एकतर्फी सुचारु भएकोमा पुनः रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएपछि पुनः बिपी राजमार्ग अवरुद्ध भएको हो।

पहिरोका कारण एउटा बस रोशी खोलामा खस्‍न पुगेको र एउटा टाटासुमो पुरेको तथा पहिरो खुलाउन प्रयोग गरिएको एउटा जेसिबीमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

आज सिन्धुलीबाट काठमाडौं तर्फ आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको जिल्ला प्रहरी कार्यलय काभ्रे जनाएको छ। यसैगरी खोटाङबाट काठमाडौँ तर्फ आउँदै गरेको ना १ ज( ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ।

हाल पहिरो खसिरहेको हुनाले बिपी राजमार्ग भएर साना ठुला सवारी साधनमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। काभ्रे प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ।

बि।पि। राजमार्गअन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा.११ पिप्ले स्थित बि।पि.राजमार्गमा पुनःसुक्खा पहिरो झरीरहेकोले तत्काल दुईतर्फि सडक अवरुद्ध भएकोले यात्रा नगर्नु हुन अनुरोध गरिएको छ।

गत असोज ११ र १२ को बाढी तथा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस