आज:  | Tue, 03, Dec, 2024

भारतीय उद्योगपति रतन टाटाको निधन,नया नेतृत्व कस्ले गर्छ भन्नेमा उपभोक्ताको चासो

२४ आश्विन २०८१, बिहीबार ०९:५० मा प्रकाशित ( १ महिना अघि) ८० पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ असोज ।

टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको बुधबार राति निधन भएको छ । टाटा समूहको सर्वोच्च पदमा अहिलेसम्म टाटा परिवार कै सदस्य रहदैँ आएका थिए । गएराति समुहका अध्यक्ष टाटाको निधन भएपछी धेरैको मनमा रतन टाटाको निधनपछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग रहेको छ, तर उनी टाटा परिवार परिवार बाहिरका व्यक्ती हुन् ।

१८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनको निधनपछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए । हाल, रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया र नेभिल अन्य पेशेवरहरू जस्तै कम्पनीमा काम गरिरहेको बताईएको ।

जेठी छोरी लेह टाटाले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्। २००६ मा, उनी ताज होटल रिसोर्ट्स र प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा काम गरेकी थिईन । हाल उनी द इन्डियन होटल्स कम्पनी लिमिटेडको उपाध्यक्षको रूपमा कार्यरत छिन्।

कान्छी छोरी माया टाटा समूहको प्रमुख वित्तीय सेवा कम्पनी टाटा क्यापिटलमा विश्लेषकको रूपमा सामेल भएकी छन् । उनका भाइ नेभिल टाटाले भने ट्रेन्टमा व्यावसायिक यात्रा सुरु गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस