आज:  | Sat, 21, Dec, 2024

प्राकृतिक विपद् प्रभावित क्षेत्रमा गृह्रमन्त्री रमेश लेखकको निरीक्षण

२१ आश्विन २०८१, सोमबार १५:४७ मा प्रकाशित ( २ महिना अघि) २९० पटक पढिएको
नारी बाटिका


काभ्रेपलाञ्चोक २१ असोज ।

गृह्रमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित तथा समस्याग्रस्त क्षेत्रको निरीक्षण गर्नु भएको छ । गृह्रमन्त्री लेखकले आज काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका(१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलाल गणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको हो।

गत साता काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रको रोशी खोलामा गएको बाढी पहिरोबाट धेरै धनजनको क्षति पुर्‍याएको थियो। मन्त्री लेखकले रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी समेत लिनु भएको थियो।

सोही निरिक्षणको क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रका नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पुर्‍याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनस्र्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए।

त्यस्तै, उनले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलाल गणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनु भएको थियो। गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिले नागरिकले भोग्नु परेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरको उद्धार सेवा लगायतको विषयमा जानकारी गराएका छन्।

सो विपद्मा परेकाको पालिकाले अहिले खोज, उद्धार,खाद्यान्न, स्वास्थ्य सेवा र विषेश गरी यातायात सेवालाई प्राथतिकतामा राखेर काम भइरहेको बताएको छ ।

गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस