आज:  | Sat, 21, Dec, 2024

धरानमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कुकुर सहितको प्रहरी परिचालन

२० आश्विन २०८१, आईतवार १४:५० मा प्रकाशित ( २ महिना अघि) ५९० पटक पढिएको
नारी बाटिका


सुनसरी २० असोज ।

सुनसरी जिल्लाको धरानमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागु गरिएको छ । नेपालीको घर घरमा दशैं नजिकिँदै गरेको अवस्थामा चाडपर्वका समयमा विशेष जनधनको सुरक्षालाई मध्यनजर गरी साथै कालो बजारीलाई समेत निगरानी गर्न यस जिल्लामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ।

चाडपर्वको समयमा केही यातायात,तथा व्यवशायीहरुले सवारीसाधनमा यात्रुसंग बढी भाडा लिने,चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा चेकजाँच गरी निगरानी राख्ने खालको योजना सुरु गरिएको हो।

यसका लागी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिनु भयो।

साथै नेपाल प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका लागी इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उहाँले बताउनु भयो।

उपरीक्षक तिमल्सिनाले भन्नुभयो, तालिम प्राप्त “कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँचमा कडाई गरिएको हो।”

चाडपर्व भन्दाका अघिपछीका समयमा पनि सीमावर्ती क्षेत्रबाट अपराधिक घटनाहरु बढी हुने गरेको र साथै चाडपर्वका समयमा त झनै लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस