आज:  | Sat, 21, Dec, 2024

बाबु छोरासँगै बसेर मदिरा सेवन गर्दा मातेका बाबुले हँसिया प्रहार गरी छोराको मृत्यु

१९ आश्विन २०८१, शनिबार १४:४४ मा प्रकाशित ( २ महिना अघि) ६३० पटक पढिएको
नारी बाटिका


काठमाडौं–१९ असोज ।

लमजुङमा रक्सीको नसाले मातेका एक बाबुले आफ्नो छोरालाई हँसिया प्रहार गरी हत्या गरेका छन् । आफ्ने बावुले मदिराको नसामा हँसिया प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको हो।

लमजुङ प्रहरीका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो। ५७ वर्षीय बाबु सन्तबहादुरले प्रहार गरेको हँसियाले छोरा सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारको लागी अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको हो।

अहिले अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको प्रहरीले जनाएको छ। मृतककी एक छोरी र श्रीमती छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदा आज बिहान मृत्यु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस