आज:  | Thu, 02, Jan, 2025

बाढी पहिरोबाट प्रभावित पालिका विपद् संकटग्रस्त घोषणा

१९ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित ( २ महिना अघि) ६१५ पटक पढिएको
नारी बाटिका


बिबियु संवाददाता

काठमाडौं–१९ असोज ।

सरकारले पछिल्लो समयमा अलि बढी प्रकृतिक विपद्‍बाट प्रभावित पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्‍को सुक्रबारको बैठकले बाढीपहिरोबाट प्रभावित १४ जिल्लाका ४३ स्थानीय पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

े नेपालमा हालै भएको प्रकृतिक विपतका कारण धेरै धनजनको क्षति भएको छ । साथै प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई सघाउन बिहिबार एक कार्यक्रमकाबिच नेपालका राजनितिक दलहरुलाई सहभागी गराई रकम,खाद्यान्न तथा अन्या सामाग्री सहिको झण्डै २ करोडको हाराहारीमा राहत वितरण सामग्री पनि उपलव्ध गराएको थियो ।

बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रका पिडितलाई राहत वितरण गर्न सरकारले कामलाई तीव्रता दिन उक्त घोषणा गरिएको उनले बताए। असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण नेपालका धेरै जसो जिल्लामा आएको बाढीपहिरोले २४२ जनाको मृत्यु भइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस