आज:  | Thu, 21, Nov, 2024

समाजमा हुने यथार्थता झल्काउने नेपाली भजन (भिडियो सहित )हेर्नुहोस

१८ आश्विन २०८१, शुक्रबार ०९:५० मा प्रकाशित ( १ महिना अघि) १३३ पाठक संख्या
नारी बाटिका


धादिड॰ १८ असोज ।

सर्जक तथा संन्चारकर्मी भगवती भण्डारी उप्रेती र गायक गणेश पाल्पालीको सुमधुर स्वरमा जय जय पशुपती नामको  मौलिक भजन बजारमा आएको छ । सर्जक तथा गायीका भगवती उप्रेतीको शव्द,संगित तथा लोक गायक पाल्पालीको आवाजमा केही समयअघि बजारमा आएको उक्त मौलिक भजन नारी बाटिका युटुव टिमी च्यानल मार्फत सार्वजनिक भएको थियो ।

हाल हाम्रो समाजमा युवा जति वैदेशिक रोजगारी तथा अध्ययनको लागी विदेशतिर जाने र  घरमा बुढाबुढी बावु(आमा मात्रै हुने साथै त्यसमाथी पनि आफ्ना सन्तानको खुशी र सुखमा सयौं सपनाहरु बुनी हजारौं दुख कष्ट सहेर हुर्काएका बालबच्चाले वृद्ध अवस्थामा छोराछोरीले हेरचाह नगरी वृद्रआश्रम तिर राख्ने गरेका छन् । कत्तिले त बावु आमा उनीहरुको समस्याको रुपमा लिने गरेको पाईन्छ ।

मायाँ गर्ने छोराछोरीहरुपनि आफेनो साथमा कोही नहुदा वृद्र वृद्बाको अवस्था दयनीय देखिन्छ । जसको यथार्थता शब्दमा गुनासो तथा समस्या झल्काउने खालको शव्दले भरिएको लोक मौलिक यस भजनले धेरैको मन जितेको छ ।

नेपाली समाजमा पछिल्लो समयमा देखिएका यथार्थता रहेको यस्ता विषयवस्तुले विशेषगरी वृद्ध अवस्थामा सन्तानले  बुवा(आमाप्रति गरेको मानसिक तथा आर्थिक रुपमा दिएको दुखले धेरै बुढाबढीको रुवाबासी भएको देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस