आज:  | Mon, 21, Apr, 2025

प्रधानमन्त्री केपी शर्मा वलीबिच बंगलादेशी मन्त्री रिजवानाको भेट

१७ आश्विन २०८१, बिहीबार १५:१४ मा प्रकाशित ( ६ महिना अघि) १७६९ पटक पढिएको
नारी बाटिका


काठमाडौं– १७ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीबिच नेपालमा रहेकी बङ्गलादेशकी वन, वातावरण,जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन्।

बहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुई पक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

सोही अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरी लगायतको सहभागीता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस