आज:  | Sun, 22, Dec, 2024

देशभर अविरल वर्षाको कारण बाढी, पहिरो र डुबानबाट ११ जनाको मत्यु,निकै धनजनको क्षति

१२ आश्विन २०८१, शनिबार ११:२० मा प्रकाशित ( २ महिना अघि) ३९७ पटक पढिएको
नारी बाटिका


धादिङ – १२ असोज ।

गत वर्षको तुलनामा यस वर्षमा अविरल वर्षाका कारण निकै धनजनको क्षति भएको छ । जस अनुसार पछिल्लो समयको वर्षाले देशका विभिन्न स्थानमा गएको बाढी,पहिरो र डुबानमा परी ११ जनाको मृत्यु भएको हो। सुक्रबारदेखी अहिलेसम्म काभ्रेमा तीन, सिन्धुपाल्चोक, धनकुटा र पाँचथरमा २। २ र ललितपुर र झापामा १। १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै अहिले देशभर नै लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिँदा पहिरो र बाढीको जोखिम कायमै रहेको देखिएको छ। साथै आज दिनभर जसो वर्षा जारी रहने जल तथा मौसमपुर्वानुमान महाशाखाको अनुमान छ। त्यस्तै आज सुदूरपश्चिम र कणाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले जानकारी दिएकी छन्।

मौसमविद् महर्जनका अनुसार लुम्बिनी प्रदेशका केही स्थानको मौसम भने शनिबार दिउँसो खुल्ने सम्भावना छ । देशभरका अधिकांश भूभागमा बिहीबार रातिदेखि नै निरन्तर पानी परिरहेको छ। लगातारको वर्षाले साना ठुला सबै नदी खोलामा बाढी आएको छ । भारी बर्षा निरनतर भईरहँदा काठमाडौं उपत्यका लगायतका तराईका भूभाग जलमग्न भएका छन्।

तिनदेखी लगातार परेको वर्षाले जनजिवन अस्तवेस्त बनाएको छ । गएराति चितवनमा सबैभन्दा धेरै २०४ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंका अधिकांश नदी र खोलाहरुको जलसतह खतराको सतहमा आएको छ। तर काठमाडौंमा भने आज (शनिबार) अपराह्न ५ बजेदेखि मौसममा क्रमिक सुधार हुने र आइतबार मध्याह्नदेखि भने देशभरको मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस