आज:  | Sun, 22, Dec, 2024

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्व सचिवसहित चार जनालाई ८ वर्षको जेल सजाय

८ आश्विन २०८१, मंगलवार ०५:१७ मा प्रकाशित ( २ महिना अघि) ६३९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ असोज ।

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जेल सजाय सुनाइएको छ । शोमबार विशेष अदालतले सो भ्रष्टाचार सम्वन्धि प्रकरणमा दोषी ठहर भएका तत्कालिन सचिवसहित चार जनालाई सजाय सुनाएको हो ।

उक्त मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो ।

विशेष अदालतले शोमबार सजाय निर्धारण गर्दै जनही ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवानाको फैसला सुनाएको छ । तर यसै कसुरमा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले भने सफाइ पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस