आज:  | Fri, 20, Sep, 2024

सडकमा उत्रिने सरकारलाई रास्वपाको चेतावनी, कार्यकर्तालाई तयार रहन निर्देशन

४ आश्विन २०८१, शुक्रबार ०५:४९ मा प्रकाशित ( ५ घण्टा अघि) ६१ पाठक संख्या
नारी बाटिका


काठमाडौं ४ असोज ।

नेकपा माओवादी केन्द्रपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पाटी सडकमा उत्रिन सक्ने सरकारलाई चेतावनी दिएको छ । बिहिबार राष्ट्रीय भेलाको अन्तिम दिनमा गरिएको पाटीको बैठकले नेमपा एमालेको नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले आफ्ना पाटीका नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको हो ।

पाटी कार्यलमा दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् ।

यसका लागी संगठन, संसद र सडक (तीन वटै मोर्चा)मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे यो भेलाले दिएको निर्देश अनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख समेत गरेको छ ।

यसैगरी यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिलाई कांग्रेस(एमाले मिलेर बनेको वर्तमान सरकार विरुद्ध जुनसुकै बेलामा पनि आफ्नो पाटी सडक आन्दोलनमा जानुपर्ने अवस्था भएकाले तयार रहन परिपत्र पठाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस