आज:  | Thu, 19, Sep, 2024

दाङमा भएको मोटरसाइकल दुर्घटनामा परी, दुई जनाको मृत्यु

३ आश्विन २०८१, बिहीबार ११:१६ मा प्रकाशित ( १८ घण्टा अघि) ८० पाठक संख्या
नारी बाटिका


दाङ ३ असोज ।

आज विहान दाङमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र पछाडि बस्ने घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना घोराही(लमही सडकको लमही नगरपालिका वडा नं। ६ स्थत बेलदमारमा बिहीबार भएको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटनामा दुबैजनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

सो दुर्घटनाबाट गम्भीर घाइते उनीहरूलाई प्रहरीले लमही अस्पताल पुराएको थियो। अस्पताल पुर्याएको केही समयपछी चिकित्सकले दुबैको मृत्यु भएको पुष्टि गरेका थिए । दाङका प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस