आज:  | Thu, 19, Sep, 2024

सुदूरपश्चिममा आजपनि ४.३ रेक्टर स्केलको भूकम्प

२ आश्विन २०८१, बुधबार १५:०७ मा प्रकाशित ( १ दिन अघि) ५५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २ असोज ।

आजपनि सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १०ः८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु बनायर भूकम्प गएको हो ।

त्यस्तै आज गएको भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको स्थानीयले बताएका छन् । यस अघिपनि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस