आज:  | Sat, 21, Dec, 2024

नयाँ प्रधानन्यायाधीशका लागी प्रकाशमान सिंह राउत सिफारिसमा

१ आश्विन २०८१, मंगलवार ०५:२२ मा प्रकाशित ( ३ महिना अघि) ६१० पटक पढिएको
नारी बाटिका


काठमाडौं १ असोज ।

प्रकाशमान सिंह राउत नयाँ प्रधानन्यायाधीशमा सिफारिस हुनु भएको छ शोमबार बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाने हुनु भएको छ । नेपालको संविधानको धारा २८४ (३० बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । संवैधानिक व्यवस्था अनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा सत्तारुड दलका भागवण्डाको टुंगो नलागेकाले परिषद् बैठक बस्न ढिलाई भएको थियो ।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाएको थियो । जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना मगर सदस्य रहेका रहेका परिषद्को बैठकले शोमबार टुंगो लगाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस