आज:  | Mon, 30, Dec, 2024

त्रिविले तीन क्याम्पसलाई ‘डिग्री अवार्डिङ इन्स्टिच्युट’ बनाउँदै

२९ भाद्र २०८१, शनिबार ०८:१० मा प्रकाशित ( ३ महिना अघि) १०४९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २९ भदौ ।

देशकै पहिलो त्रिभुवन विश्वविद्यालय(त्रिवि)लाई पछिल्लो समयमा सुधार गर्ने पहल हुन थालेको छ । यसअघि परीक्षा नतिजा प्रकाशन गर्न एक वर्षभन्दा लामो समय लाग्ने गरेकोमा केही समयदेखि समयमै नतिजा प्रकाशन गर्न थालिएको छ।

पछिल्लो समयमा आएर परीक्षा सकिएको चार दिनमै नतिजा प्रकाशन गर्न पनि सफल भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल परीक्षा सकिएको चौथो दिन साउन १३ गते नतिजा प्रकाशन भएको जनाएको छ ।

त्यस्तै त्रिवि आफैले पुनर्संरचना गरेर पनि बेथिति लाई हटाउने भन्ने लक्ष अघि बढाएको जनाएकोछ। आंगिक र सम्बन्धन प्राप्त क्याम्पसलाई समेट्दै ७ वटै प्रदेशमा ‘प्रादेशिक विश्वविद्यालय स्थापना’ गर्ने योजना अघि सारेको छ।

यसअघि त्रिविले पोखराको पृथ्वीनारायण क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसलाई डिग्री अवार्डिङ इन्स्टिच्युट (उपाधि दिने संस्थाका रूपमा विकास गर्न लागिएको बताएको छ।

त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीका अनुसार उक्त शैक्षिक संस्था विकास गर्न बजेट पनि विनियोजन भइसकेको छ। उनले भने, ‘त्रिविलाई थप व्यवस्थित गर्दै हामी गइरहेका छौँ। यी मोरङ क्याम्पस, पृथ्वीनारायण क्याम्पस र महेन्द्र क्याम्पस नेपालगञ्जलाई ‘डिग्री अवार्डिङ इन्स्टिच्युट’को रूपमा विकास गर्दै छौँ।’

प्राडा केशरजंग बराल त्रिवि उपकुलपति नियुक्ति भएपछि उनले त्रिविको समग्र सुधार कार्ययोजनासहित सोचपत्र सार्वजनिक गर्नु भएको। गत वैशाखमा सार्वजनिक भएको ‘त्रिभुवन विश्वविद्यालयको समग्र सुधार कार्ययोजना–२०८०–०८४’ मा उक्त योजना पनि समेटिएका छन्।

त्रिविले समयमा नतिजा प्रकाशन गर्न प्रदेशबाट उत्तरपुस्तिका परीक्षाको काम थालेको छ। अबदेखि समयमै नतिजा प्रकाशित हुने त्रिविका शिक्षाध्यक्ष केसीले जानकारी दिए। उनले भने, ‘नतिजाका लागि प्रदेशबाट काम सुरु भइसकेको छ। अबदेखि समयमै नतिजा प्रकाशित हुन्छ।’त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजाल बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस