आज:  | Sat, 21, Dec, 2024

रास्वपाका पूर्वसांसद डा.श्रेष्ठलाई लागुऔषधको कारोबारमा संलग्न आरोपमा पक्राउ

२८ भाद्र २०८१, शुक्रबार ०६:२५ मा प्रकाशित ( ३ महिना अघि) ७९६ पटक पढिएको
नारी बाटिका


कास्की २८ भदौ ।

कास्की प्रहरीले रास्वपाका पूर्वसांसद डा.ढाकाकुमारलाई लागुऔषधको कारोबारमा संलग्न आरोपमा पक्राउ गरेको छ । उनीलाई लागुऔषध कारोबारको अभियोगमा मेडिकल व्यवसायी डा.श्रेष्ठलाई बिहीवार पक्राउ गरेको हो।

डा. श्रेष्ठ पोखरा महानगरपालिका(९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक पनि हुन्। डा.श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।

बाग्लुङ बसपार्कबाट पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका(७ स्थायी घर भई पोखरा(४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागुऔषध किनेको बयान दिएका दिए । त्यसपछी प्रकाश थापामगर कै बयानका आधारमा उनलाई प्रहरीले ९७ ट्याब्लेट टुपेन सहित पक्राउ गरेको हो।

गएको २०७९ को आम निर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका थिए। श्रेष्ठलाई यसअघि पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि सोही अभियोगमा रास्वपाले डा। श्रेष्ठलाई सांसदबाट हटाएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस