आज:  | Sun, 22, Dec, 2024

आफ्ना पार्टीका सांसदलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप जारी

२७ भाद्र २०८१, बिहीबार ०५:३८ मा प्रकाशित ( ३ महिना अघि) ५१५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ भदौ ।

नेपाली कांग्रेसले असोज ३ गते सम्म आफ्ना पार्टीक बुधबार सांसदहरुलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । बुधबार प्रमुख सचेतक श्याम घिमिरेले काँग्रेसका सबै सांसदलाई एसएमएसमार्फत जानकारी दिँदै ह्वीप जारी गरेका हुन् ।

एसएमएस मार्फत गराएको जानकारीमा भनिएको छ,जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने अवस्था रहेकोले उपत्यका नछोड्न भनिएको छ ।सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै रानालाई हटाउने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री वलीको प्रस्तावमा सत्ता साझेदार दलहरु सहमत भएका थिए। उपसभामुख रानाले स्वीच्छिक रुपमा राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी भैरहेको छ । यस सम्वन्धमा नेकपा एमालेले आफ्ना साँसदहरुलाई यसअघि नै असोज ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस