आज:  | Wed, 15, Jan, 2025

फेरी अमेरिकामा एक नेपाली युवक मृत फेला परे

१७ भाद्र २०८१, सोमबार ०८:४४ मा प्रकाशित ( ४ महिना अघि) १११० पटक पढिएको
नारी बाटिका


बिबियु नारी बाटिका संवादवाता

धादिङ – १७ भदौ ।

फेरी अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत अवस्थामा भेटिएका छन्। विगत केही समयदेखी मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीया शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण अझैसम्म खुल्न सकेको छैन।

उनी अमेरिका जानुअघि चितवनको भरतपुरमा गणित शिक्षकको रुपमा अध्यापन गराउँदथे । त्यसपछी उनी सन् २०१५ मा अमेरिका तर्फ गएका थिए। अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए।

सन् २०१९ मा उनी न्यूरोलोजिकल रोगबाट पीडित भएका थिए जसका कारण उनी ६ महिनाभन्दा बढी ओछ्यानमा सीमित रहनु परेको थियो। मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा पनि छन्। यसअघि पनि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस