आज:  | Thu, 19, Sep, 2024

गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगनको प्रतिवेदन कांग्रेसले पारित

१७ भाद्र २०८१, सोमबार ०८:१७ मा प्रकाशित ( २ हफ्ता अघि) १३१ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवादवाता

धादिङ – १७ भदौ ।

पटक पटक निर्बाचनमा  अन्य पार्टीसंग गठबन्धन गरेर आफ्नो कार्यकर्तालाई   चिस्याउँदै गएको नेपाली कांग्रेसले  आगमी निर्बाचनदेखी गठनबन्धन नगर्ने प्रस्ताप पारित गरेको छ । केही समयदेखी अन्य पार्टीसंग गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगन थापाको  प्रतिवेदनलाई   कांग्रेसको केन्द्रीय समितिको बैठकले पारित गरेको हो ।

पार्टीका युवा नेता तथा प्रभावशाली व्यक्तित्व महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेसंग स्थानीय तहका कार्यकर्ताहरुमा पार्टीप्रति आशा जगाएको एक वरिष्ठ नेताले वताउनु भयो।

काँग्रेसको आइतबार बसेको केन्द्रीय समितिको बैठकले ८४ को निर्वाचनमा कार्यकर्ताले रुखमा भोट हाल्न पाउने अवस्थाको सिर्जना हुने निर्णय गरेको हो ।
‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै चुनाव लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ’, बैठकको निर्णयमा भनिएको छ ।

आजको बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचनमा लडे तापनि नेपाली काँग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू,शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै,दृढ संकल्प गर्दछ, ।

हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली काँग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौँ । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस