आज:  | Sat, 23, Nov, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो प्रतिलिटर कति पुग्यो 

१६ भाद्र २०८१, आईतवार ०६:५५ मा प्रकाशित ( २ महिना अघि) १५० पाठक संख्या
नारी बाटिका


काठमाडौं १६ भदौ ।

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपयाँ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाएको छ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ रुपयाँले घटाएको जानकारी दिएको छ । निगमले आजको गएराति १२ बजेदेखि लागु हुने गरी निगमले मुल्य घटाईएको जनाएको छ ।

त्यसैगरी एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखिएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ निर्धारण गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस