आज:  | Wed, 15, Jan, 2025

पाँचथरको डाँडागाउँमा विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

१४ भाद्र २०८१, शुक्रबार १५:०६ मा प्रकाशित ( ४ महिना अघि) ९१२ पटक पढिएको
नारी बाटिका


पाँचथर १४ भदौ ।

पाँचथरको डाँडागाउँमा बिहीबार विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। विस्फोटमा परी मृत्यु हुनेमा फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो।

ििबस्फोटबाट शरीरभरी चोटै चोट लागेका दुई बालबालिकाहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि थप उपचारको लागी चिकित्सकले झापाको विर्तामोड ‘रेफर’गरिएको थियो। बहिनीको बिहीबार बेलुकी इलाम पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो भने दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

साथै सोही बिस्फोर्टबाट अर्का घाइते भएका स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएका छन्। घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो।

घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धानको कार्य थालेको छ। शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ। बिहीबार दिउँसो ती बालबालिकाहरु खेल्दै गरेको अवस्थामा विस्फोट भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस