आज:  | Wed, 15, Jan, 2025

पुनर्निर्माण गरेको १ वर्ष मै पशुपतिनाथको महास्नान घर पुनःभासियो

१४ भाद्र २०८१, शुक्रबार १४:२६ मा प्रकाशित ( ४ महिना अघि) ७१३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ भदौ ।

पुनर्निर्माण गरेको करिब एक वर्ष मै पशुपतिनाथको महास्नान घर पुनःभासिएको छ। २०७२ वैशाख १२ को भूकम्पले आंशिक क्षतिग्रस्त बनाएको महास्नानघर विगत २ जर्ष अगाडी भदौ पहिलो साता जीर्णोद्धार सम्पन्न गरिएको थियो।

हालै महास्नानघर पुन भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिएका छन्। पशुपतीनाथको दर्शन गर्न जाने भक्तजनको सुरक्षाका लागी महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेका थिए। भवन भासिएपछि सुरक्षा टोली प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताए। राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्धार गरी योजना महाशाखा पनि करिब छ महिनासम्म सञ्चालन गरिएको उनले बताए।

सोही घरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो। महास्नानघर जीर्णोद्धार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुरले बताउँछन्। लकासीको मुख्य काठ कुहिएका कारण भवन भासिएको हुन सक्ने बताईएको छ।

वर्षायामको झरीले समेत असर पारेपछी भाषिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको कोषले जानकारी गराएको छ। दुई वर्षअघि नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच करोड १४ लाखको लागतमा महास्नानघरको जीर्णोद्धार गरी पशुपति सङ्ग्रहालय निर्माण सम्पन्न गरेको बताएको थियो।

भवन भासिएपछि कोषले चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि एक करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको छ। प्रत्येक महिना पूर्णिमाका दिन पशुपतिनाथलाई ८४ व्यञ्जनसहितको भोग लगाउन यो भवन प्रयोग गरिन्छ। यसका लागि राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो।

हाल महास्नानघरको पूर्वी भागबाट पूर्णिमाका दिन गरिने कर्म सम्पन्न हुन्छ। महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोषका कर्मचारीहरु बताउँछन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस