आज:  | Wed, 15, Jan, 2025

आज संवैधानिक इजलासमा अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै

१२ भाद्र २०८१, बुधबार १२:५१ मा प्रकाशित ( ४ महिना अघि) ७२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ भदौ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ।

बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटा विरुद्धको मुद्दाको निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दाको समय सर्दै आएको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा यसै मुद्दाको सुनुवाइ भएको थियो।

साथै यस विषयको मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन अबस्थामा थियो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग राखी अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मङ्सिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

माओवादीको द्वन्द्वकालिकालिनका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। त्यति बेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले हत्यामा उनीहरूको संलग्नता रहेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस