आज:  | Wed, 15, Jan, 2025

अमेरिका जान अवैध बाटोबाट हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

१२ भाद्र २०८१, बुधबार १२:३५ मा प्रकाशित ( ४ महिना अघि) ११८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ भदौ ।

अमेरिका जान अवैध बाटोबाट हिँडेका १७६ नेपालीहरु ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेर सहयोगको लागी गुहार मागिरहेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको जनाएको छ।

उनीहरु मध्य अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँसम्म पुगेर अप्ठ्यारोमा परेका हुन्। ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ।

उनी सबै जस्तै मानव तस्करको प्रलोभनमा फसेर लाखौँ रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपाली सहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पर्ने अलपत्र परेका हुन्।

ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक विज्ञप्तिमा अलपत्र परेका सबै नेपाली सकुशल रहेको उल्लेख छ । उनीहरु सबै ब्राजिलको नियन्त्रणमा रहेका बताईएको छ । ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्नेहरूको सङ्ख्या बढ्दै गएपछि ब्राजिलले आप्रवासन नीतिमा परिवर्तन गरी कडाई गरेको छ ।

हाल ब्राजिलले राहदानीवाहकलाई प्रवेश आज्ञा लिएको भए मात्र ब्राजिलमा प्रवेश अनुमति दिने नियम ल्याएको दूतावासले उल्लेख गरेको छ। ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमान मार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिने कानुन ल्याएको छ।

सोही परिवर्तित कानुनका कारण यस पटक करिब सात सय आप्रवासी विमानस्थलमै अलपत्र पर्नु परेको हो। तस्करको प्रलोभनमा अमेरिका छिर्ने क्रममा ब्राजिल पुगेका उनीहरूलाई केही दिनभित्र ब्राजिलले सम्बन्धित देशमा फिर्ता पठाउन सक्ने अबस्था देखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस