आज:  | Mon, 23, Dec, 2024

थोपलखोलाको कजवे (पुल) गएरातिको बाढीले बगायो

११ भाद्र २०८१, मंगलवार ०९:३५ मा प्रकाशित ( ३ महिना अघि) ६६९ पटक पढिएको
नारी बाटिका


विवियु नारी संन्चार संवाददाता

धादिङ ११ भदौ ।

धादिङको निलकण्ठ नगरपालिका धादिङबेसीको पुछारबजारस्थित थोपलखोलाको कजवे पुलमा पशुपति मन्दिरतर्फ जाने साईको भाग बाढीले बगाएको छ । उक्त कजवे(पुल) हुंदै साङकोष तिप्लिङ सोमदाङ जोड्ने सडकमा चल्ने सवारी साधनहरु अबरुद्ध हुने भएको छ ।

दामन पाख्रिन मार्ग(साङकोष तिप्लिङ सोमदाङ सडक)को प्रवेशद्धार धादिङबेसीस्थित थोपलखोलाको कजवेमा पशुपति मन्दिर तर्फको भाग आज गएरातिको बर्षासंगै आएको बाढिले बगाउँदा सो क्षेत्रमा चल्ने सवारीसाधन मात्रै नभएर मानिसहरुलाई वारीपारी गर्न पनि समस्या हुने भएको हो।

थोपल खोलामा आएको बाढीले कजवे र जमीन छुट्टिएको छ हुंदा दैनिक ३ सयको हाराहारीमा सवारी साधन गुड्ने र करिव १ हजार नागरिक हिंडडुल गर्ने उक्त सडकमा यातायात सम्पर्क टुटेको छ।

विशेषगरी निलकण्ठ नगरपालिकामा बसोवास गर्ने किसानीहरु तरकारी,दुध लगायतका बिक्री वितरण,बालबालिकाहरु विद्यालय आउन जान लगायत थुप्रै नागरिकका लागी यस स्थानमा पुल नहुँदा निकै सास्ती खेप्नु पर्ने स्थानीले बताएका छन्।

साथै सो क्षेत्रमा माथिल्लो भेगमा पानी पर्दा समेत बाटोमै रोकिनु पर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ।१०७ किमि रहेको उक्त सडकको प्रवेशद्धारमै यस्तो अवस्था हुनुले जिल्लाको सदरमुकाम धादिङबेसीको अवस्था समेत दयनिय देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस