आज:  | Sun, 29, Dec, 2024

यात्रुवाहक बस दुर्घटना हुँँदा चारजना घाइते, एकजना पोखरा रिफर

११ भाद्र २०८१, मंगलवार ०५:०२ मा प्रकाशित ( ४ महिना अघि) ७५७ पटक पढिएको
नारी बाटिका


म्याग्दी ११ भदौ ।

म्याग्दीको बेनी नगरपालिका–६, ठूलोबौरस्थित बेनी–जोमसोम–कोरला सडकखण्डमा शोमबार साँझ बस यात्रुवाहक दुर्घटना हुँदा चार घाइते भएका छन् बेनीदेखि गलेश्वर तर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुबाहक बस सडकको साइडमा ठोक्किएर दुर्घटनामा पर्दा बसमा सवार चालकसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घनामा परी घाईते हुनेहरुमा म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाका २८ वर्षीय धनकुमार बुढा र रघुगंगा–१, तिप्ल्याङका ३० वर्षीय रमेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

यसैगरी बसमा सवार तिप्ल्याङ्कै २८ वर्षीय रोशन पूर्जा र रघुगंगा–३, पिप्लेका २९ वर्षीय भूमिराज रानामगर घाइते भएको प्रहरीले बताएको छ । घाइते खड्का बसका चालक र बुढा सहचालक रहेको जानकारी दिएएको छ ।

घाइतेहरुको घुँडा, कुम, खुट्टा र टाउकोमा चोटपटक लागेको र उपचारका लागी बेनी अस्पताल लगिएको छ । त्यस्तै घाइतेमध्यका गम्भिर अवस्थाका पूर्जाको बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने सहचालक बुढा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बस दुर्घटनाको विषयमा भने अनुसन्धान जारीरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी, यातायात व्यवसायी र स्थानीयवासीद्वारा घाइतेहरुको उद्धार गरी बेनी अस्पताल लगिएको थियो । दुर्घटनामा परेर बीच सडकमा पल्टिएको बसलाई जेसिभी मेसिन र ट्रिपरको सहयोगमा साइड लगाएर राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस