आज:  | Sun, 22, Dec, 2024

आज‘गाईजात्रा’मनाईँदै,व्यङ्ग्य मार्फत विकृतीको अन्त्य गर्न नेतृत्वलाई सन्देश दिओस भन्ने चहाना

४ भाद्र २०८१, मंगलवार ०६:३८ मा प्रकाशित ( ४ महिना अघि) ४०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ भदौ ।

आज नेपाली समाजमा सत्य तथ्य र यथार्थ विकृती विसंगतिलाई नटकीय प्रस्तुत गरी गाईजात्रा मनाईँदै छ। विशेष गरी नेपाली राजनिति र नेतृत्वहरुको कार्यशैली,भष्ट्रचारी प्रवृति,देश र जनताका लागी नभएर आफ्ना स्वार्थका लागी नेताहरुले जस्तोसुकै हर्कत गर्नपनि तयार भएका देश चलाउने नेतृत्वका यथार्ततालाई हास्य–व्यङ्ग्य मार्फत सही बाटोमा हिड्न मद्धत पुर्याओस भन्ने
नेपालीको चहाना छ । साथै यस्ता विषयलाई बढी मात्रामा गाईजात्रा कार्यक्रमले उठान गर्ने गरेको विगतदेखी नै पाईन्छ ।

त्यस्तै ठुला राजनितिक दल र पहँुचवाला नेताको पछी लागेपछी प्रशासनिक तन्त्र,व्यापारी तथा उद्योगपतीहरुले गर्ने कालो धन्दाको सम्रक्षण लगायत व्यवहारले नेपाली जनतामा निकै नैर्यश्यता छाएको पाईन्छ । साथ साथै देशलाई मुख्य अनुशासन र कानुनी दायरामा राख्न सक्ने अधिकार पाएको न्यायलय पनि राजनितिक भागवण्डा र पहुँचमा अपराधीलाई उन्मुक्ती दिने र सोझा,सिधा नागरिकले न्याय पाउन नसकेको अवस्था छ ।

देश समाजको लागी केही योगदान गरौं भन्ने साँच्चिकै समाज सेवीहरुलाई कुनै मुल्या ङकन र स्थान दिईँदैन,। पढेलेखेका आफ्नै सिप क्षमताले नेपालमा बसी परिवारको साथमा रहेर गरि खाउँ भन्ने अवस्था छैन, । जुन जोगी आएपनि कानै चिरेका भने झैँ जुन राजनितिक दल जन्मिएपनि सवैले आफ््नै व्यक्तिगत स्वार्थका लागी मात्रै राजनिति गरी रहेका छन् । गरिवले देशको हरेक क्षेत्रमा कहाली लाग्दो अवस्था छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा झनै दयनीय अवस्था देखिज्न्छ । गरिव तथा आय आर्जन गर्न नसक्नेले उपचार नपायर अकालमा मृत्यु भइरहेका छन् । जसका कारण अस्पतालको तलाबाट हाम्फालेर आत्महत्या गरेका थुप्रै उदारहण छन् । किसानीदेखी देशका उच्च शिक्षा हाँशिल गरेर पनि रोजगारीको लागी आफ्नो दक्षताले काम पाउने अवस्था नदेखेर नै दिनहुँ लाखौं लाख युवाहरु विदश पलायन हुनु परेको अवस्था छ ।

अबको गाईजात्राले यि तमाम देशका समस्या र राजनिति र नेताको आडमा पहुँचवालाले जे मनपरी गरी नेपालीको पसिना चुस्ने ब्वाँसोहरुलाई हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’बाट झटारो हानी सही बाटोमा आउन मद्धत पुर्याओस भन्ने नेपालीको यही चहाना छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस