आज:  | Tue, 07, Jan, 2025

विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा कालिबाबाको कोरा क्षमापूजा

२ भाद्र २०८१, आईतवार ०४:२० मा प्रकाशित ( ४ महिना अघि) ६८५ पटक पढिएको
नारी बाटिका


दोलखा २ भदौ ।

कालिदास (कालिबाबा)ले शनिवार विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापूजा गरेका छन्। विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००बाबाले शनिवार दिउँसो करिब ३ बजे हेलिकप्टरबाट दोलखामा गई दुईघण्टासम्म भीमेश्वर मन्दिरमा रहेर कोरा क्षमापूजा, तथा साधना गर्नु भएको हो । सोही क्रममा भक्तजनहरु संंग पनि भेट गर्नु भएको थियो ।

कालीबाबाले भीमेश्वर मन्दिर परिसरमा पत्रकारहरुसंग सङ्क्षिप्त कुराकानि गर्दै भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रमा कुनै अनिष्ट नहोस् भनेर विशेष कोरा क्षमापूजा गर्न आफु यहाँ आएको बताउनु भएको थियो । उहाँले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताउनु भयो । सरकारले नेपाललाई हिन्दु राष्ट्र बनाओस भन्दै कालिबाबाले अर्कोपटक नेपाल आउँदा हिन्दुराष्ट्रको रुपमा पूजा आराधना गर्न पाइने विश्वास पनि व्यक्त गर्नु भयो ।

हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा)ले भीमेश्वरको शिलामा पसिना आएपछि मुलुकमा प्लेन दुर्घटना, अनादार, भ्रष्टाचार लगायतका गतिविधि बढेको बताउनु भयो । उनी नेपालमा जन्मिएर लामो समयदेखी भारतमा बस्दै आएका छन् । नेपाल र भारतका राजनीतिक नेताहरुले उहजँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । कालिबाबा भीमेश्वर मन्दिर प्रवेश गर्दा दोलखा लगायत जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजनहरुले फूलमालाले स्वागत गरेका थिए ।
र्
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि दोलखा आउनु भएको थियो ।

नेपालमा ठुला अनिष्ट हुनुअघि भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहँदै आएको छ । गत २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो । त्यसपछी पनि नेपालमा दुईवटा रात्रिबस नारायणी नदीमा खस्नु,दुई पटक दुई सहाज दुर्घटना हुनु आदी ठुला घटना भईसकेका छन् ।

कालिबाबाको साथमा भारतीय जगतगुरु, सन्तमहात्माहरु, बिशिष्ठ धार्मिक व्यक्तित्वहरु र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा समेत दोलखा आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस