आज:  | Wed, 15, Jan, 2025

विभिन्न विभागका महानिर्देशक हटाउँदै सरकारले ६० जना सहसचिवको सरुवा गर्यो

३२ श्रावण २०८१, शुक्रबार ०७:०३ मा प्रकाशित ( ५ महिना अघि) १०५१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३२ साउन ।

सरकारले विभिन्न विभागमा कार्यरत महानिर्देशक हटाउँदै लगभग६० जना सहसचिवको सरुवा गरेको छ । देशका विभिन्न मन्त्रालय तथा निकाय, आयोग र प्रदेशमा कार्यरत रहेका लगभग ६० जना सहसचिवको सरुवा गरेको हो। मन्त्रिपरिषद्बैको बिहीबार साँझ बसेको बैठकले ठुलो सङ्ख्यामा एकैपटक सहसचिवको सरुवा गरेको जनाएको छ।

विगतको तुलनामा यसपटक सरुवा भएर गृह र अर्थ मन्त्रालयका जाने सहसचिवको सङ्ख्या धेरै छ भने गृह र अर्थबाट केही सहसचिव बाहिरिएका छन्। यसै गरी केन्द्रबाट झण्डै एक दर्जन सहसचिवलाई प्रदेशमा पठाइएको छ भने प्रदेशका एक दर्जन सचिवलाई केन्द्रमा ल्याइएको छ। अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका महत्त्वपूर्ण र संवेदनशील विभागको महानिर्देशकलाई परिवर्तन गरिएको छ।

जस अनुसार आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरूको अन्यत्र सरुवा गरेर त्यहाँ नयाँ महानिर्देशक ल्याइएको छ। सरुवा भएकाको नाम गोप्य राखिएको छ । यसै गरी विभिन्न देशमा ४ जनालाई महावाणिज्यदूतमा समेत सिफारिस गरिएको छ।

सरुवा भएकाहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै राजश्व अनुसन्धान विभागको महानिर्देशकमा पठाइने भएको छ। यसै गरी वन मन्त्रालयका भूपाल बराललाई गृह मन्त्रालयमा ल्याइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डा नारायण रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ल्याइएको छ । रेग्मीलाई (पर्यटन विभागको महानिर्देशको जिम्मेवारी दिइने सम्भावना छ।

त्यस्तै रामकृष्ण लामिछानेलाई पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ल्याइएको छ। केहीको नाम भने हेरफेर हुने र सङ्ख्या समेत सामान्य घटबढ हुने स्रोतले बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस