आज:  | Sun, 22, Dec, 2024

मस्तिष्कको क्यान्सरबाट पाटन अदालतका न्यायाधीश रेग्मीको निधन

३१ श्रावण २०८१, बिहीबार १३:४४ मा प्रकाशित ( ४ महिना अघि) ३९४ पटक पढिएको
नारी बाटिका


ललितपुर ३१ साउन ।

पाटनका न्यायाधीश रामेश्वर रेग्मीको दुखद निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित हुनु भएका उच्च अदालत पाटनकान्यायाधीश रेग्मीको ६१ वर्षको उमेरमा निधन आज भएको हो ।

पाटन उच्च अदालतका प्रवत्ता तथा सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको थियो ।

निकै लामो समयसम्म न्याय सेवामा रहेर हाल सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस