आज:  | Wed, 05, Feb, 2025

धादिङबाट साउन २३ देखि हराएका तीन बालिकालाई खोजी गरी अभिभावकको जिम्मा लगाईयो

३० श्रावण २०८१, बुधबार ०५:३५ मा प्रकाशित ( ५ महिना अघि) २२२९ पटक पढिएको
नारी बाटिका


धादिङ, ३० साउन ।

विहान १० बजे विद्यालय जान भनेर निस्केका ३ बालिकाहरु धादिङबेशीबाट साउन २३ गतेदेखी सम्पर्क विहीन भएका उनीहरु बाग्लुङ जिल्लामा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ तीनै जनालाई बाग्लुङमा भेटिएको खबर जिल्ला प्रहरी कार्यालय धादिङमा प्राप्त भएको थियो ।

उक्त दिन करिव १२ बजेसम्म् उनीहरुको मोवाईलमा लोकेशन देखाएको भएतापनि त्यसपछी बालिकाहरु धादिङवेशीबाटै गायव भएका थिए । उक्त घटनापछी धादिङ प्रहरीले देशका सबै नाकाहरुमा संन्चार गरी बालिकाहरुको खोजतलासको लागी तिब्रगतिमा लागेको थियो । त्यसैगरी धादिङ जिल्लाबाट प्रकाशन हुने धेरै संन्चार माध्यमहरु तथा पत्रकारहरु,सामाजिक व्यक्तित्वहरु,बालिकाहरु अध्ययनरत विद्यालय लगायतले विभिन्न माध्यमबाट सुचना प्रकाशित गरी सक्रितापुर्वक खोजी अभियान सुरु गरिएको थियो ।

विशेषगरी जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख गौतमकुमार केसी, सोही कार्यलयका प्रहरी प्रवत्ता एवं् प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्र,सोही कार्यलयमा पुर्व प्रहरी उपरिक्षक तथा हालका मानवबेचविखन अपराध अनुसन्धान ब्युरो काठमाडौंका प्रमुख गौतम मिश्रको सक्रियतामा खोजी कार्यलाई तिब्र बनाएको थियो ।

नेपाल प्रहरीको सक्रियतापुर्वक खोजी अभियानले उनीहरु हरायका ६ दिनपछी बाग्लुङ्गमा भेटिएका थिए । उक्त दिन बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गको निगरानीमा राखी साउन २९ गते बालिकाहरुलाई निजका अभिभावकहरुको जिम्मा लगाइएको छ ।

साथै घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस