आज:  | Wed, 01, Jan, 2025

सिमलताल घटनामा मृतक तथा वेपत्ताका राहत दावीका लागी कागजात पेस गर्न प्रर्सा प्रशासनको अनुरोध

२९ श्रावण २०८१, मंगलवार १४:३४ मा प्रकाशित ( ४ महिना अघि) ४०४ पटक पढिएको
नारी बाटिका


पर्सा २९ साउन ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परी वेपत्ता भएका एञ्जल डिलक्स बसमा सवार यात्रीहरुको मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सुचना जारी गरेको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयले शोमबार सार्वजनिक गरेको सूचना अनुसार यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नको लागी अनुरोध गरेको छ।

गत २०८१ असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्‍बाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरे अनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ।

सिमलताल घटनामा वेपत्ता भएको एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाकाका १० जना नागरिकहरु परेका थिए। जसमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाका रहेका छन् ।

साथै एञ्जल बसमा सवार रहेका पर्सा जिल्लाबाट सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, सैनफ खातुन सहित १० जना परेका थिए।

प्रर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम लिन चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरिएको जानकारी दिनु भयो।

त्यस्तै जि.प्र.का.ले राहतका लागि मृतक तथा बेपत्ता परिवारका तर्फबाट निवेदन दिएपछी सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ। साथै मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाणपत्रको छायाप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकाका लागी सो को किटानी वडा सिफारिसको कागजात आवश्यक पर्नेछ।

यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने सुचनामा उल्लेख छ। यसका लागी नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ।

उक्त बस गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ। हराइरहेका २४ व्यक्तिको शव भेटिए पनि ३८ जनाको अवस्था अझै अज्ञात नै रहेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बसमा चालक सहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस