आज:  | Sun, 22, Dec, 2024

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

२५ श्रावण २०८१, शुक्रबार ०७:०८ मा प्रकाशित ( ४ महिना अघि) ७९९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ साउन ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । बिहीबार आयोजित एक समारोहमा जोशीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा उहाँलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ मा बसेको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई.दिपेश जोशीलाई पनि प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भयो ।
सोही समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उहाँले बताउनु भयो ।

प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठन हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्य सम्पादन गर्ने विश्वास लिएको धारणा व्यक्त गर्नु भयो । साथै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनु भयो ।

प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यस तर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउनु भयो ।, नेपाल प्रहरीले चाहेको खण्डमा प्रहरीप्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी उहाँको धारणा रहेको छ ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य राख्नु हुंदै प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै कार्य सम्पादन गर्ने बताउनु भएको छ । पदोन्नतिसँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता जनाउनु भएको छ।

त्यसैगरी समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस