आज:  | Sun, 22, Dec, 2024

डेङ्गी सक्रमणबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

२२ श्रावण २०८१, मंगलवार १५:४६ मा प्रकाशित ( ४ महिना अघि) ६२१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ- २२ साउन ।

वर्षा बढेसंगै देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आज डेङ्गीबाट एकजनाको मृत्यु भएको जनाएको छ ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जना सङ्क्रमित भएका छन् । त्यस्तै हालसम्म डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलि सकेको छ । जसमध्य कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा दुई सय ८७, जना, कास्कीमा एक सय ३७ जना,,झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जनामा सङ्क्रमण पुष्टी भएको छ ।

त्यस्तै, पछिल्लो समयमा हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । हालसम्म देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको छ । हैजाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस