आज:  | Wed, 01, Jan, 2025

विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ

२२ श्रावण २०८१, मंगलवार ०५:३९ मा प्रकाशित ( ४ महिना अघि) ४४७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २२ साउन ।

नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्यूरोले विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। यस प्रकरणमा पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन्। ब्युरोको अनुसन्धानबाट थापा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुल्न आएको हो ।

उनले पीडित महिलाको फेसबुक ह्याकगरी तिनको परिवार तथा आफन्तलाई म्यासेञ्जरमा पीडित महिलाका श्रीमान्‌ श्रीमतीबीच भएका कुराकानी लगायत सामग्री सङ्कलन गरी नक्कली फेसबुक एकाउन्ट बनाइ त्थो म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर चरित्र हत्या गर्ने गरेको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनु भयो ।

उनले सामाजिक सञ्जालबाट पीडित महिलाका आफन्तजनलाई अनेकौं सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, र दुःख हैरानी दिँदै आएका थिए । यस्ता किसिमका कार्य गर्दा समाजमा पीडितको चरित्र हत्या हुने कानुन विपरित कार्य भएकोले ब्यूरोमा परेको उजुरीको आधारमा प्राविधिक अनुसन्धानबाट पुष्टि भएपछि थापालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताउनु भयो।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धानबाट थप सजायको माग दावीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेश भएको थियो।

थापा विरुद्ध परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी आएका थिए । सोही क्रममा आइतवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्यूरोको टोलीले पक्राउ गरी शोमबार थापालाई सार्वजनिक गरेको हो। उनलाई कानुन बमोजिम कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस