आज:  | Wed, 15, Jan, 2025

विद्यार्थीलाई राजनीतिक क्षेत्रमा अग्रसर गराउनु पर्ने :राप्रपा अध्यक्ष लिङ्देन

२० श्रावण २०८१, आईतवार ०४:०९ मा प्रकाशित ( ५ महिना अघि) ८८० पटक पढिएको
नारी बाटिका


झापा २० साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यार्थीलाई राजनीतिक क्षेत्रमा अग्रसर गराउनमा जोड दिएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उहाँले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन्। उनले “राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, भन्नेमा उहाँको तर्क रहेको छ ।

त्यस्तै मुलुको राजनीति क्षेत्र बलियो भएमा मात्रै देश विकास र सबैको भविष्य सुन्दर हुने बताए। उहाँले भन्नु भयो, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उहाँको शिचार थियो ।

“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उहाँले भन्नु भयो, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ।”
विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिनु भयो।

साथै अधिवेशनले विकास शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन भएका छन् भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन भएका छन्। यस्तै कोषाध्यक्षमा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस