आज:  | Mon, 23, Dec, 2024

अविरल वर्षाको कारण भक्तपुरमा खोला बस्तीमा पसेपछि ३० घर डुबानमा

१५ श्रावण २०८१, मंगलवार १७:२२ मा प्रकाशित ( ४ महिना अघि) ३२४ पटक पढिएको
नारी बाटिका


भक्तपुर १५ साउन ।

गएरातिको अविरण वर्षाको कारण सूर्यविनायक नगरपालिका‐५ दधिकोटको गडेधारा टोलमा बाढी पसेपछी ३० घर डुबानमा परेको छ। रातभरीको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढी क्षति भएको जनाईएको छ।

शोमबार मध्यरातिदेखि उक्त बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र ४ फिटसम्म पानी पसेर रातको समयमा धेरैको बिचल्ली भएको थियो। घरको भुइँतलामा भान्सादेखि सुत्ने कोठा समेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको हो। साथै टोलमा रहेको ९ वटा गाडी र २० भन्दा बढी सवारी साधन समेत पूरै डुबेर क्षति पुगेको छ।

नजिकैको खोलामा सार्वजनिक जग्गा समेत मिचेर घर बनाएर बस्ती बसाएपछी नजिकैको खोलामा आएको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको छ। घरमा रहेका गाडी, मोटरसाइकल लगायतका समानहरुमा क्षति पुगेकोले लाखौँको क्षति पुगेको छ ।

खोलाको नजिकै क्षेत्रमा साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलो पटक यसरी धेरै क्षति पुर्‍याएको हो। कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको बताईएको छ।

वडा कार्यालयका जनप्रतिनिधि र केही नेताहरु आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए। खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने स्थानीयले बताए।

सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एउटा खाद्य कम्पनीमा पनि क्षति पुगेको छ। उक्त बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस