आज:  | Tue, 07, Jan, 2025

आज साउने संक्रान्ति घरघरमा लुतो फालेर यस पर्व मनाइँदै

१ श्रावण २०८१, मंगलवार ०८:०० मा प्रकाशित ( ५ महिना अघि) १०२२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ साउन ।

आज साउने सक्रान्ती हिन्दुधर्मालम्विहरुले घर घरमा लुतो फालेर यस व.पर्व मनाइँदै छ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं परिवार र आफन्तको साथमा खिर खाएर मनाइँदैछ । धार्मिक शाश्र अनुसार सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज खिर खाएर साउने सङ्क्रान्ति मनाउने परम्परा छ।

आजबाट सूर्य दक्षिणतिर सर्दै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु कृर्षी पेशा खेतीपातीको काममा लाग्ने भएकाले असार महिनाभर झरी,वादल,पानीमा रुझेर कृषिकर्ममा व्यस्त हुन्छन् ।

त्यसै क्रममा झरी,हिलोमैलो,चिसो लगायतले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईको बताउनु भयो । नेपालीको परम्परा अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो ठटायर फालिन्छ। यसैलाई लुतो फाल्ने भनिन्छ।

यसरी एक गाउँले अर्को गाउँ सम्म पुग्ने,। सुन्नेगरी भट्भटायर अगुल्टो बालेर लुतो फाल्दा आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रही आएको छ। साउन महिनालाई विशेष गरी भगवान शिवजीको उत्पती भएको विशेष दिनको रुपमा लिईन्छ । भगवान शिवजीलाई हरियो पहेँलो मन पर्ने भएकोले यस महिनामा महिलाहरुले हरियो चुरा,पोते पहेलो कपडा लगायर भगवान् शिवको पूजा आरधना गरी मनाउने महिनाका रुपमा पनि लिइन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस