आज:  | Mon, 23, Dec, 2024

लागूऔषध ओसारपसार र दुरुपयोग विरुद्धको दिवसका अवसरमा धादिङवेसीमा प्रभातफेरी

७ असार २०८१, बिहीबार २०:०५ मा प्रकाशित ( ६ महिना अघि) ८०८ पटक पढिएको
नारी बाटिका


धादिङ ६ असार ।

लागूऔषध ओसारपसार र दुरुपयोग विरुद्को दिवसका अपसरमा धादिङवेसीमा आज प्रभातफेरी सम्पन्न भएको छ । हरेक वर्ष जुन २०देखी जुन २६ सम्म सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी मनाईने लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको हो ।

सो अवसरमा आज जिल्ला प्रहरी कार्यलय धादिङ र जिल्ला प्रशासन कार्यलयद्वारा संयुक्त रुपमा आयोजित प्रभातफेरी कार्यक्रममा प्रहरी प्रमुख एव्ं प्रहरी उपरिक्षक गौतम कुमार केसीको अध्यक्षतामा जिल्ला समन्वय समितीका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख अधिकारीले समाजमा लागु औषध ओसारपसार र प्रयोग बढ्दै गएकोले यसको नियन्त्रण सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा प्रहरी उपरिक्षक गौतम कुमार केसीले हरेक वर्ष जुन देखी सम्म विश्वव्यापी रुपमा मनाईने यस लागूऔषध ओसारपसार विरुद्धको दिवस आजदेखि असार १२ गतेसम्म जनचेतनामुलक विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापीरुपमा यो दिवस मनाईने जानकारी दिनु भयो ।

पछिल्लो समयमा विशेषगरी युवा वर्गहरुमा बढ्दै गएको लागूऔषधको प्रयोग र ओसार पसारको कार्यले समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकोले यस विरुद्ध जनचेतना जगाउन र दुर्वेसनीमा लागेकालाई सही मार्गमा ल्याउनको लागी सबैको साथ र सहयोग आवश्यक रहेकोमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जोड दिनु भयो ।  

उहाँले लागुऔषधका प्रयोगकर्ता बढीरहेकोले यसलाई नियन्त्रण गर्नका लागी नागरिकमा जनचेतनामुलक कार्यक्रम संन्चालन गर्दै, गाँजारअफिम फडानी,प्रभातफेरी र सभा लगायतका अभियानहरु संन्चालन गरिरहेको बताउनु भयो ।

हाल नेपालमा करिब एक लाख ५० हजार भन्दा बढी लागौषध प्रयोगकर्ताहरु रहेको विवरण सार्वजनिक भईसकेको सन्धर्वमा यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुनु पर्ने नागरिकको भनाई रहेको छ ।

लागु औषधको उत्पादन, ओसारपसर, विक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सो को आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्नु पर्नेमा नागरिक समुदायले सुझाव दिएका छन्।

यस वर्षको राष्ट्रिय नारा ‘ स्वस्थ , सवल र समृद्ध नेपालको प्रतिवद्धता लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता’ रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस